आईसीसी विश्वकप क्रिकेट लिग(२ अन्तरगत आज नेपाल र ओमानको प्रतिस्पर्धा हुदै छ ।
खेल अमेरिकाको ह्युस्टनस्थित मौसा क्रिकेट स्टेडियममा पाली समय अनुसार राति सवा नौ बजेदेखि सुरु हुनेछ।अंक तालिकाको शीर्ष स्थानमा रहेको ओमानले अहिलेसमम ३३ खेलबाट ४० अंक बनाएको छ।
प्रतियोगितामा सबैभन्दा कम खेल खेलेको नेपालले १२ खेलमा १२ अंक बनाएको छ। समा ६ खेलमा जित निकाल्दा ६ खेलमा हारेको छ। लिग टुमा नेपालले ओमानसँग अहिलेसम्म चार खेल खेल्दा तीन खेलमा हार ब्यहोरेको छ भने एक खेलमा मात्र जित निकालेको छ।
नेपालले अब अमेरिकाविरुद्ध जुन ११ मा तेस्रो खेलमा फेरि ओमानविरुद्ध जुन १४ र अन्तिम खेलमा नेपालले अमेरिकाविरुद्ध जुन १५ मा खेल्ने छ।