आईसीसी यू-१९ महिला विश्वकप एसिया छनोटको अन्तिम खेलमा नेपालले घरेलु टोली मलेसियालाई ८७ रनको लक्ष्य दिएको छ ।
आयोजक मलेसियाविरुद्ध टस जितेर ब्याटिङमा उत्रिएको नेपालले निर्धारित ओभरमा सात विकेटको क्षतिमा ८६ रन बनायो। नेपालका लागि अञ्जली विश्वकर्माले ३३ तथा आश्मा पुलामी मगरले २६ रन बनाए।
नेपालका चार खेलाडी रनआउट भएका थिए । मलेसियका लागि नुर अबेदुल सामेदले २ तथा एल्सा हन्टरले १ विकेट लिइन् ।
नेपाल अन्तिम खेल जित्दै छनोटमा सुखद अन्त्य गर्नेमा लक्ष्यमा छ । यसअघि यूएई र थाइल्याण्डसँग पराजित नेपाल यू-१९ महिला विश्वकपमा छनोट हुन असफल भइसकेको छ । नेपालले कतार र भुटानलाई भने पराजित गरेको थियो ।