logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

नर्वे रोकियो, स्विडेन पराजित


अंकुरण खबर
1.144K
Shares

यूएईएफए नेसन्स लिग अन्तर्गत बिहीबार राति भएको खेलमा स्विडेन पराजित हुँदा नर्वे गोलरहित बराबरीमा रोकिएको छ ।

घरेलु मैदान उलेभालमा भएको खेलमा नर्वे १० खेलाडीमा सिमित स्लोभेनियासँग गोलरहित बराबरीमा रोकिँदै अंक बाढ्न बाध्य भयो । स्लोभेनियाका मिहा ब्लाजिकले ६३ औं मिनेटमा रातो कार्डको सामना गर्दै मैदान छाडे ।

यता, अर्काे खेलमा स्विडेन घरेलु मैदानमा सर्वियासँग १–० ले पराजित भयो । सर्वियाको जितमा लुका जोभिकले गोल गरे । उनले पहिलो हाफको इन्जुरी समयमा गरेको गोल नै निर्णायक सावित भयो ।

खेलसँगै समूह बी  ४ मा नर्वे तीन खेलबाट ७ अंक सहित शीर्षस्थानमा छ । समान खेलबाट ६ अंकको सर्विया दोस्रो स्थानमा छ । यता, तीन अंकको स्विडेन र १ अंकको स्लोभेनिया क्रमशः तेस्रो र चोथो स्थानमा छन् ।