logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

ओमनसँग नेपाल १३ रनले पराजित


अंकुरण खबर
1.118K
Shares

अमेरिकामा जारी आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टु अन्तर्गत त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपाल ओमानसँग पराजित भएको छ ।

टेक्ससस्थित मोसा क्रिकेट मैदानमा शुक्रवार बिहान नेपाल ओमानसँग १३ रनले पराजित भएको हो ।ओमानले प्रस्तुत गरेको २१२ रनको लक्ष्य पछ्याउने क्रममा नेपाल ४९.४ ओभरमा १९८ रनमा समेटिएको हो ।

नेपालका लागि आरिफ शेखले सर्वाधिक ६६ रनको योगदान दिए भने देव खनालले ३४ रन बनाए । रोहित पौडेलले १७ बलमा २० रन बनाए । ओमानका लागि जिसान महमुद र खवार अलीले ३-३ विकेट लिए ।

ओमानले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २११ रन बनाएको थियो ।

यस हारसँगै नेपाल १२ खेलमा १२ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।

ओमान ३३ खेलमा ४२ अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।

अब नेपालले दोस्रो खेलमा अमेरिकाविरुद्ध शनिवार खेल्नेछ ।

नेपालले तेस्रो खेलमा फेरि ओमानविरुद्ध जुन १४ र अन्तिम खेलमा नेपालले अमेरिकाविरुद्ध जुन १५ मा खेल्ने तालिका रहेको छ ।