लिभरपुलका फरवार्ड मोहमद सलाहले पीएफए प्लेयर अफ द इयर अवार्ड जितेका छन् ।नी दोस्रो पटक यो अवार्डबाट सम्मानित भएका हुन् ।
अवार्डका लागि मनोनयनमा म्यानचेस्टर सिटीका मिडफिल्डर केभिन डे ब्रुएना, लिभरपुलका साडियो माने, भिर्गिल भान डाइक, टोटेनहमका ह्यारी केन र म्यानचेस्टर युनाईटेडक क्रिस्टियानो रोनाल्डो परेका थिए ।
सालाहले जारी सिजन इङ्लिस प्रिमियर लिगमा गोल्डेन बुट अवार्ड पनि जितेका थिए । महिलातर्फ भने चेल्सीकी साम केर उत्कृष्ट खेलाडी घोषित भइन् ।