Sandeep Lamichhane of Nepal during the ICC Cricket World Cup League 2 match between Nepal and USA at TU Cricket Stadium on 12 Feb 2020 in Nep (1)
आईसीसी पुरुष क्रिकेट विश्वकप लिग 2 को त्रिदेशीय एक दिवसीय क्रिकेट सिरिज अन्तर्गत नेपाल र अमेरिकाबीचको खेलमा रोमाञ्चक टाइ भएको छ ।
अन्तिमको दुई बल बाँकी रहेको अवस्थामा अमेरिकालाई जितका लागि एक रन चाहिएको हुँदा नेपाली बलर मोहम्मद आदिल आलमले दुई विकेट लिएपछि उक्त खेल टाई भएको हो।
२७५ रनको लक्ष्य पछ्याएको अमेरिकाले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर २७४ रन जोडेपछि खेलमा रोमाञ्चक टाइ भएको हो ।
अमेरिकाका लागि ओपनर स्टेभेन टेलरले ११४ रन बनाए । यस्तै कप्तान मोनान्क पटेलले ८५ रनको अर्धशतकीय इनिङ्स खेले । नेपालका लागि मोहम्मद अदिल आलमले सर्वाधिक ३ विकेट लिए । अमेरिका जित उन्मुख भइरहँदा अदिलले उत्कृष्ट बलिङ गर्दै बराबरी गराएका थिए ।