एएफसी एसियन कप छनोट अन्तर्गत कुवेतविरुद्धको खेलमा मैदानमै बेहोस भएर ढलेका नेपाली टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी अस्पतालबाट डिस्चार्ज भएका छन्।
शनिबार राति कुवेतविरुद्धको खेल दौरान अलमुताइरी मैदानमा अचेत हुँदै ढलेका थिए । खेलको ४८औँ मिनेटमा कुवेतले काउन्टरमा बल बढाउँदा प्रशिक्षक अब्दुल्लाह लड्न पुगेका थिए।
हाल उनको अवस्था सामान्य रहेको र एक दिन अस्पताल राखेर सामान्य चेकजाचपछि होटल फर्काइने बताइएको छ।
नेपाल ४–१ अन्तरले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ।