logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

मन्त्रीहरूलाई गंगा चौधरीले भनिन्–जनताको संरक्षण गर्न नसक्ने तपाइँहरूलाई कुर्सीमा बस्ने अधिकार छैन


अंकुरण खबर
1.118K
Shares

सांसद गंगा चौधरीले जनताको संरक्षण गर्न नससकेको भन्दै मन्त्रीहरुलाई कुर्सीमा बस्ने अधिकार नरहेको बताएकी छन् ।

प्रतिनिधिसभाको आइतबार बसेको बैठकमा उनले थारू समुदायको संरक्षण र संविधानप्रदत्त अधिकारसमेत दिएको आरोप लगाउँदै मन्त्रीहरूलाई मन्त्रीको कुर्सीमा बस्ने अधिकार नै नरहेको बताइन् ।

राजनीति सिद्धान्त, दायित्व र मौलिक हकबारे संविधानमा हेर्न आग्रह गर्दै उनले विभागीय मन्त्रीहरूलाई जिम्मेवारीको कुर्सीमा बस्ने अधिकार र हैसियत नै नभएको बताइन् ।

‘विभागीय मन्त्रीज्यूहरू, तपाइँहरू के गरेर कुर्सीमा बस्नुभएको छ । जनताको संरक्षण गर्न सक्नुहुन्न भने तपाइँहरूको कर्सीमा बस्ने हक अधिकार र हैसियत पनि छै्रन,’ उनले भनिन् ।

थारू समुदाय नेपाली नागरिक होइन र भन्दै प्रश्न गर्दै उनले थारूमाथि नै राज्यबाट अन्याय भएको बताइन् ।