logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

चेक रिपब्लिकविरुद्ध स्पेनको सहज जित


अंकुरण खबर
1.352K
Shares

यूइएफए नेसन्स लिग अन्तर्गत आइतबार राति भएको खेलमा स्पेनले चेक रिपब्लिकविरुद्ध २–० को सहज जित निकालेको छ ।

समूह ए२ को खेलमा अधिकांश समय बलमा पकड बनाएको स्पेन जितसँगै शीर्षस्थानमा उक्लिएको हो ।

स्पेनको जितमा कार्लाेस सोलर र पाब्लो सरवियाले एक-एक गोल गरे । कार्लाेसले २४औं मिनेटमा गोल गर्दै घरेलु टोलीलाई सुरुआती अग्रता दिलाए ।

७५औं मिनेटमा सरवियाले गोल गर्दा स्पेनले सहज जित पायो । जितसँगै समूहमा चार खेलसँगै ८ अंक बनाएको स्पेन शीर्षस्थानमा छ ।

लगातार खराव प्रदर्शनबाट गुज्रिएको चेक रिपब्लिकले चार खेलबाट ४ अंक जोडेर तेस्रो स्थानमा छ ।