logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

राप्रपाले प्रधानमन्त्रीलाई बुझाउँदै ज्ञापनपत्र


अंकुरण खबर
533
Shares

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज देशका ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै छ ।

किसानलाई मल, बीउको आपूर्ती, महङ्‍गी, भ्रष्टाचार नियन्त्रण, हिन्दु राष्ट्र, राजसंस्थाको पुनःस्थापना, सङ्‍घीयताको खारेजीलगायत जनजीविकाका विविध विषय समेटिएको २० बुँदे ज्ञापनपत्र बुझाउने भएको हो ।

खेतीको सिजनमा पनि किसानले सहज रूपमा मल र बीउ पाएका छैनन् । अर्कोतिर, महङ्‍गी पनि बढेको छ ।

यहीबेला राजनीतिक एजेन्डासमेत समेटेर ज्ञापनपत्र बुझाउने भएको राप्रपाले जनाएको छ ।