अखिल क्रान्तिकारीका नेता पवन कार्की सहित १० जनालाई कारबाही गरिएको छ।
नेकपा माओवादी केन्द्र निकट उनीहरुलाई आइतबार बसेको अखिल क्रान्तिकारीको केन्द्रीय समिति बैठकले संगठनको विधि विपरीत कार्य गरेको भन्दै कारबाही गरेको हो ।
कारबाहीमा पर्नेमा पवन कार्की, प्रवीण बस्नेत, सञ्जिव चौधरी, उपदेश यादव, बालकुमार केसी, रमेश खड्का, वसन्त भण्डारी,पदम नेपाली लगायत १० जना केन्द्रीय सदस्य छन् । अखिल क्रान्तिकारीको केन्द्रीय बैठकमा होहल्ला गर्दै नाराबाजी गर्दै बैठक अवरोध गरेपछि कार्की पक्षका नेताहरूलाई हलबाट निकालिएको थियो ।
कार्की पक्षले संगठनमा सबै पक्षलाई मिलाएर नसमेटेको भन्दै अध्यक्ष पन्चा सिंह र विद्यार्थी इन्चार्ज हितमान शाक्यको समेत राजीनामा मागेका छन् ।