logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

जब स्वास्थ्यकर्मीले शिशुको टाउको काटेर गर्भमा छोडिदिए


अंकुरण खबर
1.885K
Shares

पाकिस्तानको सिन्ध प्रान्तको ग्रामीण स्वास्थ्य केन्द्रका कर्मचारीले एक नवजात शिशुको टाउको काटेर आमाको पेटभित्रै छाडेका छन् ।

यो विषय अहिले सबैतिर चर्चामा रहेको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार थरपार्कर जिल्लाको दूर गाउँकी हिन्दू महिला पहिले आफ्नो क्षेत्रको ग्रामीण स्वास्थ्य केन्द्र (आरएचसी) गएकी थिइन् । त्यहाँ विशेषज्ञ नभएका कारण ३२ वर्षीया ती महिलाको ज्यान जोखिममा परेको हो ।

अप्ठ्यारो शल्यक्रियामा आरएचसीका कर्मचारीले आमाको पेटमा रहेको नवजात शिशुको टाउको काटेर भित्रै छोडिदिएको जनाइएको छ ।

उक्त घटनाबारे छानविन गरी दोषी पत्ता लगाउन सिन्ध सरकारले मेडिकल जाँच बोर्ड गठन गरेको छ ।

त्यस पछि ती महिलालाई एलयूएमएचएस लगिएको थियो, जहाँ शल्यक्रिया गरेर नवजात शिशुको बाँकी शव आमाको कोखबाट निकाले पछि उ बाच्न सफल भइन् ।