logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

एन्फाका नव निर्वाचित पदाधिकारीको शपथ आज


अंकुरण खबर
1.027K
Shares

अखिल नेपाल फुटबल संघ (एन्फा)का नव निर्वाचित पदाधिकारीको शपथ ग्रहण आज (बुधबार) हुने भएको छ।

नव निर्वाचित कार्यसमितिका पदाधिकारीहरुले दिउँसो ३ बजे पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने कार्यक्रम तय भएको एन्फाले जनाएको छ।

काठमाडौँमा सोमबार भएको निर्वाचनबाट पंकज बिक्रम नेम्बाङ नेतृत्वको कार्यसमिति निर्वाचित भएको छ।

एन्फाको नवनिर्वाचित कमिटी :
अध्यक्ष – पंकजविक्रम नेम्वाङ
वरिष्ठ उपाध्यक्ष – वीरबहादुर खड्का
उपाध्यक्ष – दावा लामा, विराटजंग शाही, दीपक खतिवडा र दीर्घबहादुर केसी ९कुमार०
महिला सदस्य – सरिला श्रेष्ठ र पेमा डोल्मा लामा
सदस्य – मनिष जोशी, अनिल मल्ल, रवीन्द्र चन्द, विकासनारायण श्रेष्ठ, भोजराज शाही, महेन्द्र क्षेत्री, पुरुषोत्तम थापा, रमेश व्यञ्जनकार, मनिराज विष्ट, टिकाराम लामा र भरत बुढ थापा।