असार १५ अर्थात राष्ट्रिय धान दिवसका अवसरमा पूर्वप्रधानमन्त्री, मन्त्रीदेखि किसानसम्म धान रोप्न खेतमा देखिए छन् ।
दही चिउरा खाएर धान रोप्न व्यस्त किसानलाई सघाउन र हिलो खेल्न, रमाइलो गर्न खेतमा पस्नेको संख्या ठूलो छ।
भक्तपुरको सिरुटारमा अखिल नेपाल किसान महासंघले गरेको कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओली पत्नी राधिका शाक्य सहित धान रोप्न पुगेका थिए ।
धान रोप्ने क्रममा ओलीले उपत्यकामा प्लटिङ र बस्ती बढ्दा खेती मासिएको र यसको संरक्षणमा लाग्नु पर्ने बताए ।
रोपाइमा एमालेका नेता कार्यकर्ता धान रोप्न पुगेका थिए ।