logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

राजीनामा स्वीकृत भैसक्यो, विमला भन्छिन् राजीनामा दिएकै छैन


अंकुरण खबर
1.651K
Shares

लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमला ओलीले राजीनामा गरेको प्रदेश सरकारले बताइरहँदा उनले भने अझै राजीनामा दिइ नसकेको बताएकी छिन् ।

अरुको घरभित्र प्रवेश गरी अर्की महिला र उनको नाबालिग छोरीलाई कुटपिट गरेको आरोपमा राज्यमन्त्री ओलीलाई पदबाट राजीनामा दिन दबाब रहँदै आएको थियो ।

उहाँले राजीनामा दिइसक्नु भएको छ, मैले उहाँको राजीनामा स्वीकृत गरिसकेु, बुधबार विमलाको राजीनामाबारे संसद्लाई मुख्यमन्त्री कुलप्रसाद केसीले जानकारी गराएका थिए ।

तर विमलाले आफूले राजीनामा नदिने र सरकार आफैँले कारवाही गरेर पदमुक्त गर्न भनेकी छिन् । आजको नागरिकदैनिकबाट।