logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

सिटीलाई हराउँदै लिभरपुललाई कम्युनिटी शिल्डको उपाधि


अंकुरण खबर
1.014K
Shares

म्यानचेस्टर सिटीलाई ३-१ गोल अन्तरले हराउँदै शनिबार राति लिभरपुलले कम्युनिटी शिल्डको उपाधि जितेको छ । लेस्टरमा भएको खेलमा लिभरपुललाई जित दिलाउन ट्रेण्ड एलेक्सान्डर आर्नोल्ड, मोहमद सलाह र डार्विन नुनेजले एक एक गोल गरे । सिटीका लागि जुलियन अल्भारेजले सान्त्वना गोल गरे  ।

खेलमा लिभरपुलले अग्रता लिएको थियो । पहिलो हाफमा १-० को अग्रता बनाएको लिभरपुलले दोस्रो हाफमा थप दुई गोल गर्यो ।

गत सिजन सिटीले प्रिमियर लिगको उपाधि जितेको थियो भने लिभरपुलले एफए कप जितेको थियो ।