logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बायर्न म्युनिखलाई जर्मन सुपर कप उपाधि


अंकुरण खबर
1.456K
Shares

आरबी लाइपजिगलाई ५–३ ले पराजित गर्दै बायर्न म्युनिखले शनिबार राति जर्मन सुपर कप च्याम्पियन बनेको छ । बायर्नलाई जिताउन जमल मुसिएला, साडियो माने, बेन्जामिन पाभार्ड, सर्ज जिनाब्री र लिरोए सानेले समान एक एक गोल गरे ।

लाइपजिगका मार्सेल हाल्सटेनवर्ग, क्रिस्टोफोर एनकुुकु र ड्यानियल ओल्मोले  सान्त्वना गोल गरे । साबिक बुन्डेसलिगा च्याम्पियन बायर्नको यो सिजनको पहिलो उपाधि हो । बायर्नले लगातार तेस्रो पटक तथा समग्रमा १०औं पटक सुपर कपको उपाधि जितेको हो ।