logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

अर्थमन्त्रीले मात्रै बजेटमा बदमासी नगरेको केपी ओलीको दाबी


अंकुरण खबर
689
Shares

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अर्थमन्त्रीको मात्रै संलग्नतामा बजेट निर्माणको प्रक्रियामा करको दर हेरफेर नभएको दाबी गरेका छन् ।

सोमबार सम्पादकहरूसँगको अन्तरक्रियामा अध्यक्ष ओलीले करका दर हेरफेरमा सिङ्गो गठबन्धन र अन्य शक्तिहरू सामेल भएको दाबी गरेका हुन् ।

‘हतियार खरिद अर्थमन्त्रीले मात्रै न गर्न सक्छ न बजेटमा यत्रो बदमासी गर्न सक्छ ?’, पूर्व प्रधानमन्त्री समेत रहेका ओलीको टिप्पणी छ ।  उनले मुलुकको आर्थिक अवस्था यही ढंंगले जाने हो भने नेपाल पनि श्रीलङ्का भन्दा कम नहुने पनि बताए । ‘ यसलाई ब्रेक नलगाउने हो भने कम्तीमा श्रीलङ्काको अवस्थामा पुगिन्छ’, ओलीले भने, ‘तसर्थ सतर्क हुनुपर्छ ।’