महिला युरो २०२२ मा फ्रान्सले इटालीलाई आइतबार ५–१ ले पराजित गरेको छ ।
फ्रान्सले पहिलो हाफमै ५–० को अग्रता लिएको थियो । त्यसमा ग्रेस गेयोरोले प्रतियोगिताकै पहिलो ह्याट्रिक गरिन् । मारिया एन्टोनेट र डेल्फिन कासकारिनोले 1/1 गोल गरे ।
फ्रान्सेली प्रशिक्षक क्यारिने डिक्रेले अनुभवी दुई खेलाडी अमादिना हेनरी र इगुने ले सोमरलाई टिममा नराखेर प्रतियोगिताका लागि टिम घोषणा गरेपछि विवाद सुरु भएको थियो । तर इटालीविरुद्ध फ्रान्सेली टिम निकै बलियो देखियो ।
यसले डिक्रेमाथि लागेको आरोप कमजोर भएको छ । जितपछि उनले भनिन्, ‘पहिलो खेलमा यस्तो जित निकै महत्त्वपूर्ण हुन्छ ।’ इटालीले फर्काएको एक गोल पनि आत्मघाती रह्यो । फ्रान्सेली गोलरक्षक लाउरा गुलियानीले नियन्त्रण लिन नसकेको बल पोस्टमा गएको थियो ।
हारका बावजुत समूह ‘डी’ बाट इटाली पनि नकआउट चरण पुग्ने विश्वास गरिएको छ ।