logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

आईसीसी पुरुष विश्वकप लिग टू :पहिलोपटक स्कटल्याण्डको सामना गर्दै नेपाल


अंकुरण खबर
1.495K
Shares

आईसीसी पुरुष विश्वकप लिग टू अन्तर्गतको त्रिकोणात्मक सिरिजका लागि स्कटल्याण्डमा रहेको नेपालले आज दोस्रो  खेल  खेलमा घरेलु टोली स्कटल्याण्डको सामना गर्दैछ । खेल नेपाली समय अनुसार दिउँसो ३:१५ बजे सुरु हुनेछ ।

नेपाल आज स्कटल्याण्डलाई हराउँदै सिरिजमा पहिलो जित निकाल्न सोचमा छ । तर, बलियो टोलीविरुद्ध जित निकाल्न नेपाललाई सहज भने छैन ।

नेपाल पहिलो खेलमा नामिबियासँग ४० रनले पराजित भएको थियो । स्कटल्याण्ड पनि नेपाललाई हराउँदै लगातार दोस्रो जित निकाल्ने प्रयासमा छ । उसले पहिलो खेलमा नामिबियालाई ७७ रनले हराएको थियो ।

लिग–२ को अंक तालिकामा नेपाल १७ खेलमा १५ अंक जोडेर छैटौं छ । स्कटल्याण्ड २१ खेलमा ३० अंकका साथ दोस्रो स्थानमा छ ।