logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेपाल टी–२० लिगलाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले स्वीकृति प्रदान


अंकुरण खबर
1.677K
Shares

नेपाल टी–२० लिगलाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले स्वीकृति प्रदान गरेको नेपाल क्रिकेट संघ (क्यान) ले बताएको छ ।

क्यानले भारतीय कम्पनी सेभेन थ्री स्पोर्ट्ससँग साझेदार गर्दै सेप्टेम्बर २४ देखि अक्टोबर २२ सम्म नेपाल टी–२० लिग आयोजना घोषणा गरेको थियो ।

क्यानले यसलाई ‘ड्रिम प्रोजेक्ट’ को रूपमा अगाडि सार्दै घरेलु खेलाडीलाई ठूलो फाइदा हुने जनाएको छ । यसअघि विभिन्न निजी क्षेत्रबाट विभिन्न फ्रेन्चाइज लिग हुँदै आएकामा क्यानले यसपालि आफैं आयोजना गर्न लागेको हो ।