logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

एनभिए लिगमा रेफ्रीमाथि दुर्व्यवहार गर्ने दुई भारतीय खेलाडीलाई एक वर्ष निलम्बन गर्न सिफारिस


अंकुरण खबर
832
Shares

Friends playing volleyball

एनभिए राष्ट्रिय महिला तथा पुरुष भलिवल क्लब लिग क्रममा गत वैशाखमा रेफ्रीमाथि दूर्ब्यवहार गर्ने तीन खेलाडीमाथि प्रतिबन्ध गर्न सिफारिस गरिएको छ ।

विवाद पछि बनेको नेपाल भलिबल संघको अनुशासन कमिटिले उक्त घटनाको प्रतिवेदन तयार गर्दै तीन खेलाडीलाई एक वर्ष प्रतिबन्ध र खेलका क्रममा कालोपट्टी बाध्ने रेफ्री र कोटमा प्रवेश गर्ने हेल्प नेपालका प्रतिनिधिलाई स्पष्टिकरण सोध्न सिफारिस गरेको हो ।

एनभिएको आगामी बैठक साउन ५ मा काठमाडौंमा बस्दैछ । जुन बैठकले यसको निर्णय सहित चुनावी साधारण सभाको मिति तय गर्ने बताएको छ ।

महासचिव जितेन्द्र चन्दको संयोजकत्वमा गठित  अनुशासन कमिटिले हेल्प नेपाल र प्रतियोगितामा कालोपट्टी बाँधेको विषयमा अन्तर्राष्टिय एफआइभिबी रेफ्री गौतम लासिवासँग स्पष्टीकरण सोध्ने निर्णय गरेको सचिव समेत रहेका अनुशासन कमिटीका सदस्य मनवीर छन्त्यालले न्युज कारखानासँग बताए ।

यस्तै, हेल्प नेपालमा सम्मिलित दुई भारतीय खेलाडी बिनितकुमार र रोहितकुमारलाई एक सिजन प्रतियोगिता खेल्न प्रतिबन्ध तथा गण्डकी प्रदेशका सुजन चोखाललाई एक वर्ष राष्ट्रिय स्तरीय प्रतियोगिता खेल्न प्रतिबन्ध लगाउन सिफारिस गरिएको छ ।