logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

फुटबलर एन्जिलालाई लिनिङको साथ


अंकुरण खबर
1.274K
Shares

नेपाल राष्ट्रिय महिला फुटबल टोलीकी  गोलरक्षक एन्जिला तुम्बाप्पो सुब्बालाई खेल पोसाक बिक्री कम्पनी लि निङले दुई वर्षका लागि ब्रान्ड एम्बेस्डर घोषणा गरेको छ ।

ललितपुरको एक रेस्टुरेन्टमामा भएको सम्झौतामा लि निङले दुई वर्षको लागि गोलरक्षक एन्जिलासँग जोडेको हो ।

सम्झौतामा एपीएफ फुटबल क्लबकी गोलरक्षक समेत रहेकी एन्जिला र लि निङका सिईओ राज महर्जनले हस्ताक्षर गरे ।

सम्झौतासँगै एन्जिलाले पहिलो वर्ष ट्रयाक सेट पाँच थान, टिसर्ट पाँच थान , जुत्ता पाँच थान र मोजा पाँच थान  प्राप्त गर्नेछिन् ।

एन्जिलाले यस अवसरमा आफू खुसी भएको र यो सहयोगले झनै खेल्न हौसला हुने बताइन् ।

‘अवसर पाउँदा खुसी छु । सहयोग पाउँदा धेरै सहज हुन्छ । मलाई मात्रै हैन अन्य खेलाडीलाई समेत सहयोग गर्दिनु होला । अन्य कम्पनीले पनि अन्य खेलाडीलाई साथ दिनेछन् भन्ने आशा गरेको छु,’ एन्जिलाले भनिन् ।

कार्यक्रममा अखिल नेपाल फुटबल संघका केन्द्रिय सदस्य सरिला श्रेष्ठ, पूर्व उपाध्यक्ष उपेन्द्रमान सिंह, एन्फा महिला विभाग प्रमुख हरि खड्का लगायतको उपस्थित थियो  ।