logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

आज नामिबिया र नेपाल भिड्दै


अंकुरण खबर
845
Shares

आईसीसी पुरुष विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक श्रृंखलामा नेपालले आज तेस्रो खेल खेल्ने  भएको  छ।

स्कटल्याण्डमा रहेको नेपाल नेपाली समयअनुसार दिउँसो सवा ३ बजे नामिबियासँग खेल्दैछ।

नेपाल आज नामिबियाविरुद्ध पहिलो हारको बदला लिने योजनामा छ। नामिबिया नेपाललाई लगातार दोस्रोपटक हराउन चाहन्छ।

पहिलो भेटमा नेपाल नामिबियासँग ४० रनले पराजित भएको थियो । श्रृंखलाको पहिलो खेलमा नामिबियासँग पराजित नेपालले दोस्रो खेलमा स्कटल्याण्डलाई ५ विकेटले हराएको थियो।

यता, नामिबिया भने स्कटल्याण्डविरुद्ध दुई खेलमा पराजित भएको छ । नेपाल लिग टू को अंक तालिकाको पाँचौँ स्थानमा छ। नामिबिया १७ खेलमा १६ अंक जोडेर छैटौँ स्थानमा छ।

अन्तिम खेलमा नेपालले स्कटल्याण्डविरुद्ध आइतबार खेल्नेछ ।