logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

अष्ट्रेलियन महिला फुटबलर केर पहिलो पटक इए स्पोर्ट्समा


अंकुरण खबर
1.235K
Shares

अष्ट्रेलियन तथा इंग्लिस क्लब चेल्सीका स्ट्राइकर साम केर फिफा इलोक्ट्रेनिक्स आर्टस (इए स्पोर्ट्स ) गेम्समा “कभर” हुने पहिलो  महिला खेलाडी भएकी छिन् ।अष्ट्रेलियन महिला खेलाडी केर र  फ्रान्स तथा पेरिस सेन्ड जर्मेन (पिएसजी) का केलियन एम्बाप्ले फिफा २०२३ को कभरमा देखिएका छन्  ।

केरले सन् २०२१-२२ महिला सुपर लिगमा सर्वाधिक गोलकर्ता हुँदै गोल्डेन बुट जितेकी थिइन् । उनले प्रतियोगितामा २० गोल गरिन् । उनकाे सहयोगमा चेल्सी महिला सुपर लिग र एफए कपको उपाधि जित्न सफल भयो ।

केरले  सन् २०२१-२२ को “पीफए प्लेयर्स” प्लेयर्स अफ द इयर र महिला राइटर्स एसोसिएसन (एफडब्लुए) अवार्ड जितेकी छिन् ।