logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

१९औं खेलकुदको नयाँ मिति घोषणा


अंकुरण खबर
884
Shares

१९औं एसियाली खेलकुद हाङझोउको नयाँ मिति सार्वजनिक गरिएको छ ।

ओलम्पिक काउन्सिल अफ एसिया (ओसिए)ले कोभिड १९ महामारीका कारण स्थगित गरिएको प्रतियोगिता अर्को वर्ष सेप्टेम्बरमा सुरु गर्ने घोषणा गरेको हो ।

अब १९औं एसियाली खेलकुद हाङझोउमा अर्को वर्ष २३ सेप्टेम्बर देखि ८ अक्टोबरसम्म हुनेछ ।

यसअघि यही सन२०२२ को १०  सेप्टेम्बरदेखि २५ सम्म प्रतियोगिता हुने भनिएको थियो ।

प्रतियोगिता आयोजनाका लागि बनेको विशेष टास्क फोर्सले चिनीया ओलम्पिक कमिटी, हाङझोउ एसियाली खेलकुद आयोजक कमिटी, चिनीया सरकार र अन्य सरोकारवालाहरुसँगको छलफलपछि मिति तय गरेको ओसिएले जनाएको छ ।