logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

केरेलाबाट एएफसी वेमन्स क्लब च्याम्पियनसिप खेल्न सावित्रा भारत प्रस्थान


अंकुरण खबर
741
Shares

नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी स्ट्राइकर सावित्रा भण्डारी भारतीय आइ लिग क्लब गोकुलम केरलाबाट एएफसी वुमन्स क्लब च्याम्पियनसिप खेल्न भारत प्रस्थान गरेकी छन् ।

चोटबाट पुनरागमन भइसकेपछि सावित्राले ठूलो प्रतियोगिताको रुपमा यसमा सहभागिता जनाउन लागेकी हुन् । उनि आज शनिबार त्यसतर्फ प्रस्थान गरेकी हुन् ।

सावित्रालाई यस सिजनका लागि भारतीय आइ लिग क्लब गोकुलम केरलाले अनुबन्ध गरेको थियो ।

क्लबबाट उज्वेकिस्तानमा २० देखि २६ अगस्टसम्म हुने पश्चिम क्षेत्रको समूह चरणको खेल खेलेर उनी साफ च्याम्पियनसिपका लागि नेपाल फर्किने तालिका रहेको छ ।

सावित्राले भारतीय महिला लिगमा सन् २०१९ मा सेथु एफसी र सन् २०२०र२१ मा गोकुलम केरलाबाट खेलेर उपाधि जिताउन महत्वपूर्ण भूमिका खेलेकी थिइन् ।

उनले गोकुलमबाट एएफसी क्लब च्याम्पियनसिप, स्टेट लिग र आई लिग खेल्नेछिन् ।