logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

राष्ट्रिय स्क्वासः अरहन्त र कृष्णालाई उपाधि


अंकुरण खबर
1.209K
Shares

अरहन्त केशर सिंहले शनिबार दोस्रो वरीयताका अमृत थापा मगरलाई सोझो सेटमा हराउँदै चौथो धनलक्ष्मी स्मृति राष्ट्रिय स्क्वास प्रतियोगिताको पुरुष एकल प्रतियोगिताको उपाधि रक्षा गरेका छन् ।

नेपाल स्क्वास र्याकेट्स संघको सातदोबाटोस्थिति स्क्वास हलको सेन्टर कोर्टमा भएको फाइनलमा शीर्ष वरीयताका अरहन्तले अमृतलाई ११–४, ११–७, ११–६ हराए । सिंहले ट्रफीसँगै २५ हजार रुपैयाँ प्राप्त गरे । उपविजेता अमृतले १५ हजार रुपैयाँ प्राप्त गर्दा सेमिफाइनलसम्मको यात्रा तय गरेका अमिर ब्लोन र दीपक थापाले समान १० हजार रुपैयाँ प्राप्त गरे ।

महिला एकलमा कृष्णा थापामगर विना ब्लोनलाई ११–७, ११–७ ११–७ ले निराश पार्दै च्याम्पियन भइन् । विजेता कृष्णाले ट्रफीसहित १८ हजार हजार रुपैयाँ प्राप्त गरिन् भने उपविजेता विपनाले ११ हजार रुपैयाँ प्राप्त गरिन् ।

यसैगरी, ब्वाइज जनियरमा विकास मगर, भेट्रान्स (५० वर्षमाथि) मा सन्दीपबहादुर सिंह र पुरुष प्लेटतर्फ प्रयाग जोशी च्याम्पियन भए ।

विजेतालाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री तथा नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङ, ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन र  नेपाल स्क्वास तथा र्याकेट्स संघका अध्यक्ष किशोर महर्जनले पुरस्कार प्रदान गरे ।