logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सिरी ए : रोमाको जित


अंकुरण खबर
1.287K
Shares

इटालीयन सिरी ए फुटबलमा रोमाले सेलेर्निटानालाई १-० ले पराजित गरेको छ  ।

आइतबार राति भएको खेलमा रोमालाई जित दिलाउन बिर्यान कृस्टानले ३३औं मिनेटमा निर्णायक गोल गरे ।

बाकी समय दुबै टोलीले गोलका अवसर सृजना गरेपनी सदुपयोग गर्न सकेनन् । खेलमा यसै सिजन युभेन्टसबाट रोमा अनुबन्ध भएका पाउलो डिबलाले डेब्यु गरेपनी गोलबिहिन रहे ।

जित संगै जोसे माउरिन्होको रोमाले पहिलो खेलबाट महत्वपूर्ण तीन अंक जोडेको छ ।

यस्तै, अन्य खेलमा स्पेजियाले इम्पोलीलाई १-० अन्तरले पराजित गर्यो । यता, लाजियोले बोलोग्नालाई २-१ र फिओरेन्टिनाले क्रेमोनेसलाई ३-२ अन्तरले हरायो।