logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

महिला साफको टेक्लिकल कमिटीको जिम्मेवारी कृष्ण थापालाई, अरु क-कसले पाए जिम्मेवारी ?)


अंकुरण खबर
1.235K
Shares

भदौ चौथो हप्तादेखि सुरु हुने साफ महिला च्याम्पियनसिपका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजक मूल समितिले टेक्निकल कमिटीको जिम्मेवारी पूर्व उपाध्यक्ष कृष्ण थापालाई दिएको छ ।

मंगलबार एन्फा कम्प्लेक्समा वरिष्ठ उपाध्यक्ष तथा कार्यवहाक अध्यक्ष वीरबहादुर खड्काको नेतृत्वमा बसेको बैठकले प्रतियोगिताका लागि विभिन्न कमिटी गठिन गरी सबै कमिटीको संयोजकसमेत चयन गरेको हो ।

एन्फाले यसअघि नै रविन्द्र चन्दलाई ‘भेन्यु म्यानेजर’ र विजय घलेलाई स्थानीय आयोजक संयोजकको रुपमा चयन गर्दा दिनेश व्यन्जनकारलाई सुरक्षा प्रमुख र सन्जिव सिल्पकारलाई मार्केटिङ, ब्रोडकास्टिङ तथा डिजिटल राइट् संयोजकको रुपमा चयन गरिसकेको छ ।

बैठकले प्रतियोतिगाको टिकटका लागि पुनः टेन्टर आह्वान गर्ने निर्णयसमेत गरेको छ । जसको न्युनतम मूल्य २५ लाख रहेको छ । साफको टिकट मूल्य यस अघिनै ३०० र ५०० तोकिएको छ ।

कुन कमिटीकाे कसले के पाए नेतृत्व ?

हस्पिटालिटी कमिटी : मनिस जोशी

स्वास्थ्य कमिटी : रमेश व्यन्जनकार

होटेल तथा यातायात कमिटी : पुरुषाेत्तम थापा

टेक्निकल कमिटी : कृष्ण थापा

रेफ्री कोर्डिनेटर कमिटी : बुद्धि गुरुङ

कार्यक्रम कमिटी : विकासनारायण श्रेष्ठ

प्रचार कमिटी : सुरेश साह

नेपाली राष्ट्रिय टिम व्यवस्थापन कमिटी : सरिला श्रेष्ठ