logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

आयशा लेभल टु पारा तेक्वान्दो प्रशिक्षक


अंकुरण खबर
1.352K
Shares

नेपालमा भएको १३औं दक्षिण एसियाली खेलकुद (साग) की दोहोरो स्वर्ण विजेता आयशा शाक्यले पारा तेक्वान्दो लेभल टु प्रशिक्षक कोर्स उत्तीर्ण गरेकी छन् ।

विश्व पारा तेक्वान्दोले अगष्ट १४ देखि १६ सम्म आयोजना गरेको १८औं विश्व पारा तेक्वान्दो कोच सर्टिफिकेसन अनलाइन कोर्स लेभल टु उत्तीर्ण गरेकी हुन् ।

यसअघि आयशाले सन् २०२० को अक्टोबरमा लेभल वान कोर्स उत्तीर्ण गरेकी थिइन् ।

आयशले अब आफ्नो ध्यान पारा तेक्वान्दो खेलाडी उत्पादनमा केन्द्रीत गर्ने बताउदै अवसर दिएकोमा नेपाल तेक्वान्दो संघलाई धन्यवाद दिएकी छिन् ।

यसअघि यस बिधामा नेगी लामा मात्रै प्रशिक्षक थिए ।