logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

विवेकशील साझा पार्टीको प्रवक्ताबाट पाठकको राजीनामा


अंकुरण खबर
715
Shares

विवेकशील साझा पार्टीका प्रवक्ता शरदराज पाठकले प्रवक्ताको जिम्मेवारीबाट बिहीबार राजीनामा दिएका छन् ।

पार्टीमा हालै नयाँ नेतृत्व चयन भएपछि नयाँ प्रवक्ता चयनका लागि मार्ग प्रशस्त गर्न नैतिकताका आधारमा राजीनामा दिएको उनले राजीनामा पत्रमा उल्लेख गरेका छन् ।

पाठक विगतमा साझा पार्टीको पनि प्रवक्ता थिए । विवेकशीलसँग पुनः एकीकरणपछि पनि उनलाई एकीकृत पार्टीले प्रवक्ताको जिम्मेवारी दिएको थियो ।

पाठक २०७४ को निर्वाचनमा चितवन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार थिए ।