logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

माओवादी स्थायी कमिटी बैठक बस्दै, लाग्ला त पदाधिकारीको टुङ्गो ?


अंकुरण खबर
1.04K
Shares

पदाधिकारी टुंगो लगाउने दबाबमा परेको सत्तासीन नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दै छ ।

बैठक बिहान पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्न लागेको हो । माओवादी प्रवक्ता कृष्णबहादुर महराका अनुसार केन्द्रीय कमिटी, पोलिटब्यूरो, स्थायी कमिटी र पदाधिकारीको टुंगो लगाउने तयारी छ ।  यसअघि बिहीबार डाकिएको बैठक अन्तिम समयमा आएर बस्दै नबसी स्थगित भएको थियो ।

नागरिकता विधेयकमा मतदान गर्न अध्यक्ष दाहालसहितका नेताहरु जानुपरेपछि बैठक शुक्रबार बिहान ८ बजेसम्मलाई सारिएको हो। महराका अनुसार संसदमा नागरिकता विधेयक पारित गर्न नेताहरू जानपरेपछि बैठक सरेको हो।

यो बैठकमा प्रचण्डले पार्टी महासचिवसहितका पदाधिकारी घोषणा गर्ने तयारी थियो। तर महासचिव, उपाध्यक्ष र उपमहासचिवसहितका पदमा अझै समझदारी बनेको छैन्। आजको बैठकमा पदाधिकारी टुंगो लगाइने नेताहरूले बताएका छन्।