logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेदरल्यान्डविरुद्ध पाकिस्तानलाई शृंखला एक खेल अगावै हात


अंकुरण खबर
1.417K
Shares

लगातार दोस्रो जित निकाल्दै पाकिस्तानले घरेलु टोली नेदरल्याण्डविरुद्धको तीन खेलको एकदिवसीय शृंखला एक खेल अगावै हात पारेको छ ।

बिहिबार राति ७ विकेटको सहज जित निकाल्दै पाकिस्तान “क्लिन स्विप” तर्फ अगाडि बढेको हो ।

१८७  रनको  विजयी लक्ष्य पाकिस्तानले ३३ ओभर ४ बलमा ३ विकेट गुमाएर पूरा गर्यो । उसका  तीन ब्याटरले अर्धसतक प्रहार गरे ।

मोहम्मद रिजवानले सर्वाधिक ६९ रन बनाए । यस्तै, कप्तान बाबर अजाम ६९  र आगा सलमानले ५० रनको योगदान गरे । नेदरल्यान्डका भिभिएन किंग्माले २ विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ गरेको नेदरल्याण्ड्सले ४४ ओभर १ बलमा सबै विकेट गुमाउँदै १८६ रन बनायो ।

उसका  बास डि लिडले सर्वाघिक ८९ र  टम कुपरले ६६ रनको योगदान गरे । पाकिस्तानका  हरिस रउफ र मोहम्मद नवाजले समान तीन विकेट लिए ।