logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बायर्नको फराकिलो जित


अंकुरण खबर
1.079K
Shares

साडियो मानेको दुई गोल प्रेतिर बायर्न म्युनिखले जर्मन बुन्डेसलिगामा भिएफएल बोचुमबिरुद्द ७–० को फराकिलो जित निकालेको छ । लगातार तेस्रो जित निकाल्ने क्रममा आइतबार राति साडियो मानेले दुई गोल गरे भने ।  लिरोए साने, म्याथिज डि लिग्ट, किङ्सले कोमान र सर्जी जिनाब्रीले एक एक गोल गरे ।

पहिलो हाफमा ४ गोल गरेको बायर्नले दोस्रो हाफमा थप तीन गोल गर्‍याे ।

जितसँगै बायर्न ३ खेलबाट ९ अंक जोडेर शीर्षस्थानमा छ । बोचुम अंकविहीन हुँदै रेलिगेशन क्षेत्रमा छ ।