logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

मतदाता नामावली अध्यावधिक गर्न निर्वाचन कार्यालय बाराले जारी गर्याे कार्यतालिका


अंकुरण खबर
1.053K
Shares

मंसिर ४ गतेका लागि तोकिएको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि मतदाता नामावली अध्यावधिक गर्न जिल्ला निर्वाचन कार्यालय बाराले सूचना जारी गरेको छ ।

उक्त निर्वाचनमा सहभागी हुने मतदाताको नामावलीमा दावी विरोध गर्न र त्रुटी सच्याउनका लागि निर्वाचन कार्यालयले पाँच दिने कार्यतालिकासहित सूचना जारी गरेको हो ।

निर्वाचन कार्यालयले भदौ १२ गते जिल्लाको सबै वडा कार्यालयमा मतदाता नामावली प्रकाशन गर्ने भएको छ । प्रकाशित नामावलीमा उल्लेख भएको नाममा त्रुटी भए, झुठो विवरण दिएर नाम समावेश गरेको भए, एक भन्दा बढी स्थानमा नाम समावेश भए जिल्ला निर्वाचन कार्यालय पुगेर भदौ १३ गतेदेखी १५ गतेसम्म सच्याउन र उजुरी दिन सकिने सूचनामा उल्लेख छ ।

यसैगरी कार्यालयले मतदाता नामावलीमा नाम समावेश भएको तर मृत्यु भईसकेको, नेपाली नागरिकता त्याग गरेको, बसाइँसराइ र विवाह गरी अन्यत्र गएको भए नाम हटाउनका लागि स्थानीय तहको पञ्जिकरण शाखाको समन्वयमा भदौ १३ गतेदेखी १६ गतेसम्म सूचना दिन सक्ने गरी व्यवस्था मिलाएको छ ।

त्रुटी सच्याउन, उजुरी दिन, दावी विरोध गर्नका लागि प्रमाण आवश्यक पर्ने बाराको जिल्ला निर्वाचन अधिकारी सरोजकुमार चौधरीद्वारा हस्ताक्षरित सूचनामा उल्लेख छ ।