logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

क्याडिजलाई हराउँदै बार्सिलोना शीर्ष स्थानमा


अंकुरण खबर
1.157K
Shares

स्पेनिस ला लिगाअन्तर्गत गएरातिको खेलमा बार्सिलोनाले जित निकालेको छ । उसले घरेलु टोली काडिजविरुद्ध ४–० को सहज जित निकालेको हो ।

स्टेडियो न्युभो मिरान्डिलामा बार्सिलोनालाई जित दिलाउन फ्रान्की डी जोङ, रोबर्ट लेवान्डोस्की, अन्सु फाती, ओसुमाने डेम्बेलेले एक/एक गोल गरे ।

खेलको ५५ औं मिनेटमा फ्रान्कीले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । ६५ औं मिनेटमा लेवान्डोस्कीले टोलीको अग्रता दोब्बर बनाए ।

८५ औं मिनेटमा दर्शकको स्वास्थ्यमा समस्या आएपछि खेल केहि समय रोकिएको थियो । दर्शकको स्वास्थ्यमा समस्या आएपछि काडिजका गोलरक्षक लेडेज्माले तत्कालै स्वास्थ्य उपकरण बिरामी दर्शकसम्म पुर्याउन मद्दत गरेका थिए ।

जितसँगै ५ खेलमा १३ अंक जोडेको बार्सिलोना शीर्ष स्थानमा उक्लिँदा पराजित काडिज समान खेलबाट विना अंक पुछारमा छ । ​लिगअन्तर्गतकै अन्य खेलमा जिरोना, रायो भ्यालेकानो, सेभिया र एथलेटिको मड्रिडले पनि जित हात पारे ।