logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

क्रिकेटर विनोद दास कांग्रेस घोषणापत्र तयारी समितिमा


अंकुरण खबर
1.079K
Shares

नेपाली कांग्रेसले नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान विनोद दासलाई आफ्नो ‘प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचन–२०७९, घोषणापत्र तयारी समिति’ मा राखेको छ ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज दासलाई उक्त समितिको सदस्यमा मनोनयन गरेका हुन् ।

कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माको संयोजकत्वमा घोषणापत्र तयारी समिति गठन गरिएको थियो । देउवाले आज थप ४१ जनालाई उक्त समितिको सदस्यमा मनोनयन गरेका छन् जसमा दास पनि परेका छन् ।

उनले सन् २००० मा युनाइटेड अरब इमिरेट्स विरुद्धको खेलमा नेपाली राष्ट्रिय टिममा डेब्यु गरेका थिए ।