logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

दक्षिण अफ्रिकाविरुद्ध भारतलाई शृंखला


अंकुरण खबर
1.365K
Shares

घरेलु टोली भारतले दक्षिण अफ्रीकाविरुद्धको तीन खेलको टी-२० शृंखला एक खेल अगावै २-० ले  जितेको छ ।

आइतबार राति भारतले १६ रनको जित निकाल्यो । २ सय ३८ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रीका २० ओभरमा ३ विकेट गुमाएर २ सय २१ रनमा समेटियो ।

दक्षिण अफ्रीकाका डेभिड मिलरले अविजित १ सय ६ रन बनाए । क्विन्टन डी ककले अविजित ६९ रन बनाए । भारतका अर्शदिप सिंहले २ विकेट लिए ।  यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ३ विकेट गुमाएर २ सय ३७ रन बनायो । भारतका सूर्यकुमार यादवले ६१ रन बनाए ।

यस्तै,  केएल राहुलले ५७ रन, विराट कोहलीले अविजित ४९ रन,  कप्तान रोहित शर्माले ४३ रनको योगदान गरे ।  दक्षिण अफ्रीकाका केशव महाराजले २ विकेट लिए ।