logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

अर्जेन्टिनी स्टार हिगुइनको खेल जिवनबाट सन्यास


अंकुरण खबर
1.105K
Shares

अर्जेन्टिनी स्टार स्ट्राइकर गोन्जालो हिगुईनले फुटबल खेल जीवनबाट सन्यास घोषणा गरेका छन् ।

अमेरिकी मेजर लिग सकर (एमएलएस) क्लब इन्टर मियामीबाट खेलिरहेका हिगुईनले सोमबार २०२२ को सिजन अन्त्यपछि सन्यास लिने घोषणा गरेका हुन् ।

३४ वर्षीय हिगुईन इटालियन क्लब युभेन्ट्सबाट २०२० मा मियामी आएका थिए ।

हिगुइनले युभेन्टस, नापोली, रियल मड्रिडबाट खेलेका थिए ।अर्जेन्टिनाका लागि भने ७५ खेलमा ३१ गोल गरेका छन् ।