logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

उद्देश्य पूरा नहुँदासम्म गठबन्धन रहने :जीवनबहादुर शाही


अंकुरण खबर
1.885K
Shares

नेपाली कांग्रेसका केन्द्रीय सदस्य जीवनबहादुर शाहीले लोकतन्त्रवादी र वामपन्थीबीचको गठबन्धन दीर्घकालसम्म टिक्ने बताउनु भएको छ। एउटै उद्देश्य बोकेर पाँच दलीय गठबन्धन बनेको बताउँनुहुँदै उहाँले उद्देश्य पूरा नहुँदासम्म गठबन्धन रहने उल्लेख गर्नुभयो।

‘संघीयता र गणतन्त्रविरुद्धमा लाग्नेलाई परास्त गर्नका लागि गठबन्धन बनेको हो’, शुक्रबार पाँच दलीय गठबन्धनले गुर्भाकोटमा आयोजना गरेको अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै कांग्रेस केन्द्रीय सदस्य शाहीले भन्नुभयोे, ‘संघीयताको कार्यान्वयन र गणतन्त्रको स्थायित्वका लागि पाँच दलीय गठबन्धन बनेको हो। यो दीर्घकालसम्म रहन्छ।’

कर्णाली प्रदेशका मुख्यमन्त्रीसमेत रहनुभएका शाहीले विकास र समृद्धिका लागि नीतिसँगै नेतृत्व पनि राम्रो हुनुपर्ने बताउनुभयो। ‘सुर्खेतले देश हाँक्ने नेतृत्व पाएको छ,’ उहाँले भन्नुभयो, ‘देशलाई सही मार्गमा डोर्‍याउन कर्णालीसहित समग्र देशको विकास गर्नका लागि सही नेतृत्वलाई जिताउन आवश्यक छ।’

गठबन्धनबाट सुर्खेत क्षेत्र नम्बर १ ‘क’ का उम्मेदवार खड्कबहादुर पोखरेलले गठबन्धनका साझा उम्मेदवारलाई विजयी गराउन आग्रह गर्नुभयोे।