logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

श्रीलंकालाई हराउँदै भारतलाई एसिया कपको उपाधि


अंकुरण खबर
1.976K
Shares

सिलहट इन्टरनेशल क्रिकेट स्टेडियममा टस जितेर पहिला ब्याटिङ थालेको श्रीलंका २० ओभरमा ९ विकेट गुमाउँदै ६९ रन बनायो । श्रीलंकाकी सुगण्डिका कुमारीले २२ बलमा २ चौकासहित सर्वाधिक १८ रन बनाइन् । ओशादी रणसिंघेले २० बलमा १३ रन बनाइन् । अन्य कुनैपनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

भारतकी रेनुका सिंहले ३ ओभरमा १ मेडनसहित ५ रन खर्चेर ३ विकेट लिइन् । स्नेहा रानाले ४ ओभरमा १३ रन खर्चेर २ विकेट लिइन् । राजेश्वरी गायकवाडले ४ ओभरमा १६ रन खर्चेर २ विकेट लिइन् ।

जितको लागि ८.३ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो । भारतको जितमा स्मृती मन्धनाले २५ बलमा ६ चौका र ३ छक्कासहित ५१ रनमा अविजित रहे । कप्तान हरमनप्रीत कौरले ११ रन बनाइन् ।

सेमिफाइनलमा श्रीलंकाले पाकिस्तानलाई एक रनले हराउँदै फाइनलमा स्थान बनाएको थियो । भारतले सेमिफाइनलमा थाईल्यान्डलाई ७४ रनले पराजित भएको थियो ।