logo
  • शनिबार, कार्तिक १५, २०८३ / Saturday, Oct, 31 ,2026

टोटेनहमको सहज जित


अंकुरण खबर
897
Shares

इंग्लिस प्रिमियर लिगअन्तर्गत गएरातिकाे खेलमा टोटेनहम हटस्पुरले सहज जित हात पारेको छ ।

उसले घरेलु मैदान टाेटेनहम स्टेडियममा एभर्टनविरुद्ध २-०को जित हात पारेकाे हो ।

टोटेनहमलाई जित दिलाउन ह्यारी केन र पिएरे इमिलले हाेज्बर्जले १/१ गोल गरे । खेलको ५९औं मिनेटमा केनले पेनाल्टीमार्फत गोल गर्दै टोटेनहमलाई  अग्रता दिलाएका थिए ।

८६औं मिनेटमा हाेज्बर्ज गोल गर्दै घरेलु टाेलीलाई २-०को सहज जित दिलाए ।  याे जितसँगै १० खेलमा २३ अंक जोडेको टाेटेनहम तेस्रो स्थानमा रहँदा पराजित एभर्टन समान खेलबाट १० अंकका साथ १४ औं स्थानमा छ।