logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

साकाको निर्णायक गोलमा आर्सनलको कठिन जित


अंकुरण खबर
1.352K
Shares

इंग्लिस प्रिमियर लिगअन्तर्गत गएरातिकाे खेलमा आर्सनलले जित निकालेको छ । उसले घरेलु टाेली लिड्स युनाइटेडविरुद्ध १-० काे कठिन जित निकालेकाे हाे ।

इलान्ड राेड स्टेडियममा आर्सनललाई जित दिलाउन बुकायो साकाले निर्णायक गोल गरे । उनले खेलकाे ३५औं मिनेटमा मार्टिन ओडेगार्डकाे पासलाई पाेस्टकाे दिशा दिएका थिए ।

६४ औं मिनेटमा प्याट्रिक बाम्फोर्ड पेनाल्टीमा चुक्दा लिड्सले खेललाई बराबरीमा ल्याउने अवसर गुमायाे । उनकाे प्रहार बाहिरिएकाे थियाे ।