इटालियन सिरी ए फुटबलमा युभेन्ट्स इन्टर मिलानलाई हराएको छ ।
आइतबार राति भएको खेलमा युभेन्ट्सले इन्टरलाई २–० गोल अन्तरले हराएको हो ।
घरेलु मैदानमा युभेन्ट्सलाई जित दिलाउन एड्रियन राबिओट र निकोलो फागीओलीले एक–एक गोल गरे ।
पहिलो हाफमा गोलरहित बराबरी खेलेको युभेन्ट्सले दोस्रो हाफमा दुई गोल गर्न सफल भएको थियो ।