नेपालले यूएईसँग तीन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट सिरिजअन्तर्गत पहिलो खेलमा आज खेल्दैछ । टियु मैदानमा नेपाल र यूएईबीचको खेल बिहान ९ बजेदेखि सुरु हुनेछ ।
रोहितकुमार पौडेलको कप्तानीमा यूएईविरुद्ध नेपालले खेल्न लागेको हो । नेपाली टिममा कप्तान रोहितसँगै ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, करण केसी, सोमपाल कामी, कुशल भुर्तेल, आरिफ शेख, ललितनारायण राजवंशी, आशिफ शेख, भीम शार्की, कमलसिंह ऐरी, सागर ढकाल, हरिशंकर साह, आदिल आलम, अर्जुन साउद र गुल्सन झा छन् ।
सिरिजको दोस्रो खेल नेपालले कातिक ३० गते खेल्नेछ ।