नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले पुन प्रधानमन्त्री भएर काम गर्न पाएँ देशलाई नयाँ मोडमा पुर्याइदिने बताएका छन् ।
खनालका अनुसार यो निर्वाचन उनको अन्तिम चुनावी लडाइँ हो । उमेरले ७३ वर्ष पुगे पनि देश विकासका लागि पाँच वर्ष कार्यकारी प्रमुख भएर काम गर्न तयार रहेको बताउँदै उनले भने, “मसँग अनुभव छ, देश बनाउने योजना छ । त्यसैले जुनसुकै पदमा रहेर काम गर्न सक्छु, अझ पाँच वर्ष प्रधानमन्त्री भएर काम गर्न पाएँ भने मुलुकलाई नयाँ मोडमा पुर्याउँछु ।”
खनालले आफू राष्ट्रपति बन्ने पक्कापक्की भई नसकेको बताए । भने, “राष्ट्रपति, प्रधानमन्त्री वा अन्य कुनै पदमा किन नहोस् म जिम्मेवारी लिन तयार छु, तर बाहिर चर्चा भएजस्तो निर्वाचनपछि मलाई नै राष्ट्रपति बनाउने भनेर गठबन्धनभित्र सहमति भने भएको छैन ।”