नेपाल र युएईबीचको ओडिआई सिरिज अन्र्तगतको तेस्रो तथा अन्तिम खेल आज भइरहेको छ ।
त्रिवि मैदान कीर्तिपुरमा टस हारेर ब्याटिङ गरिरहेको युएईले खराब शुरुआत गरेको छ । युएईले ३।१ ओभरमा ३ विकेट गुमाउँदै १६ रन मात्रै बनाएको छ। नेपाललाई सानदार शुरुआत दिने क्रममा तीव्र गतिका बलर गुलशन झाले २ विकेट लिए भने सोमपाल कामीले एक विकेट लिएका छन् ।
गुलशनले दोस्रो ओभरको दोस्रो बलमा ओपनर मोहम्मद वासीमलाई आसिफ शेखबाट ११ रनमा क्याच गराए । उनी ११ रनमा आउट भए । सोमपालले अर्का ओपनर वृत्य अरविन्दलाई शून्यमा आउट गरे ।
५ बलको समाना गरेका वृत्यलाई बोल्ड आउट गरेका हुन् ।