logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

म्यान्चेस्टरबाट रोनाल्डोको छुट्टी


अंकुरण खबर
1.352K
Shares

पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डो अहिले विश्वकप फुटबलमा सहभागी हुन कतारमा हुनुहुन्छ। यसै समयमा म्यानचेस्टर युनाइटेडले रोनाल्डो अब क्लबमा नरहने घोषणा गरेको छ।

३७ वर्षीय रोनाल्डोले पनि दुवैको सहमतिमा नै यो निर्णय भएको जानकारी दिनुभयो। म म्यानचेस्टर युनाइटेड र यहाँका समर्थकलाई माया गर्छु, जुन माया कहिल्यै बदलिने छैन– रोनाल्डोले भन्नुभयो।

रोनाल्डोले दुई फरक समयमा म्यानचेस्टर युनाइटेडमा बिताएर क्लबका लागि ३४६ खेलमा १४५ गोल गर्नुभएको छ।