logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

अशोक राईको अग्रता, पछि परिन् गोमा


अंकुरण खबर
1.235K
Shares

प्रतिनिधिसभा सदस्यतर्फ सुनसरी क्षेत्र नम्बर–१ मा जनता समाजवादी पार्टी (जसपा)का उमेदवार अशोककुमार राईले अग्रता कायम गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीकी उमेदवार गोमा तामाङ दोस्रो स्थानमा रहेकी छन् । राईले तामाङले भन्दा चार मत बढी पाएका छन् ।

यहाँ ६६ हजार २५ मतगणना सकिएको छ । पछिल्लो मतपरिणामानुसार राईले १३ हजार ८०१ मत पाएका छन् । तामाङले १३ हजार ७९७ मत ल्याएकी छन् ।

तेस्रो स्थानमा रहेका सत्ता गठबन्धनका साझा उमेदवार एवं नेकपा (माओवादी केन्द्र)का नेता मुक्सामहाङ मेन्याङ्बोले १० हजार ७८४ मत पाएका छन् । स्वतन्त्र उमेदवार मनोजकुमार मेन्याङ्बोले ६ हजार ८३४ मत ल्याएका छन् ।